प्रचण्डको विलिनउन्मुख साख र गठबन्धनको रटान
राजनीतिमा छोटो समयमै उचाइमा पुगेर विलिनउन्मुख पात्र हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । नेपालको समकालीन नेताहरुमा प्रचण्ड यस्ता पात्र हुन्, जसले नेपालको राजनीतिलाई छोटो समयमा नै उथुलपुथल पार्न सफल भए । नेपालको राजनैतिक वृत्तमा प्रचण्डको उदय जबरजस्त भयो ।
व्यवस्था परिवर्तनको मामलामा प्रचण्डको खास भूमिका छ । तर विगतदेखि वर्तमानसम्म समीक्षा गर्ने हो भने प्रचण्ड हिजोको जस्तो रहेनन्, उनमा स्खलन आयो ।
विगत र आगतलाई नजिकबाट नियाल्ने हो भने प्रचण्ड आजको अवस्थामा आइपुग्ने धेरै कारण छन् । देशमा सामन्ती राजतन्त्रको अन्त्य, समावेशी, धर्मनिरपेक्षता, जातिय विभेद र वर्गविभेदमा प्रचण्डको भूमिका मूल कारण हो । यसमा दुईमत छैन । यति हुदाँहुदै पनि प्रचण्ड छोटो समयमा नै किन स्खलित बने ? देशका बौद्धिक वर्गहरुले विश्लेषण गर्ने नै छन् ।
यद्यापि प्रचण्डका विलीनउन्मुख राजनैतिक परिवेशले नेपालको राजनीतिलाई पुनः पश्चगमनमा लान्छ कि परिवर्तन निरन्तर लान्छ, त्यो कोणवाट पनि हेर्न जरुरी छ । नेपालको हिजोको परिवेश र आजको समयमा प्रचण्डको भूमिका तुलनायोग्य छैन । यही सन्र्दभमा प्रचण्डले खेल्ने भूमिकाले नेपालको राजनीतिमा अबका दिनमा उथुलपुथुल ल्याउने ल्याकत राख्दैन ।
आखिर प्रचण्ड यति धेरै कमजोर किन बने ? नेपालको राजनीतिमा यसको चर्चा परिचर्चाको समीक्षा हुन जरुरी छ, जसले भोलिका दिनमा अन्य नेतालाई सहज हुनेछ ।
विचारविनाका राजनीति स्थायी हुँदैन । राजनीति सम्भावनाको खेल होला, तर त्यो क्षणिक हुन्छ, आवेग र उत्तेजनाले राजनीति स्थायी हुन सक्दैन । यो विचारविहीनहरुको तर्क हो । प्रचण्ड जस्तो कुटील चालबाजले यसमा हेक्का राख्न सकेनन् । अन्ततः प्रचण्ड आफ्नो साख जोगाउने अन्तिम लडाइँमा रोदन गरिरहेका छन् । यो उनको आवश्यकता होइन, बाध्यता हो ।
समावेशीता, संघीयता, धर्मनिरपेक्षता, जातीय छुवाछुत, वर्गीय मुक्तिको नारा बोकेका प्रचण्ड कुनै बेलाका नायक हुन् । त्यहीं विचार र नाराले प्रचण्ड जनतामार्फत् देशको सबैभन्दा ठूलो राजनैतिक शक्ति बने । संविधानसभाका निर्वाचन र संविधानसभाबाट संविधान बनेपछि प्रचण्डले वकालत गर्दै आएको मुद्दाले कति सार्थकता पायो वा पाउन बाँकी छ ? त्यसबारे प्रचण्डले कहिल्यै जनतालाई बुझाउने प्रयत्न गरेनन् ।
नेतृत्वको पछाडि जनता विचारमा समाहित भएर लाग्ने हुन् । हिजो प्रचण्डको यही विचारधारामा समाहित भएका जनता आज कति छन् ? तत्कालीन माओवादीले उठाउँदै आएको नाराले जनतामा तात्विक प्रभाव पार्याे कि पारेन भन्ने सवालमा प्रचण्ड जति गम्भीर बन्नुपर्ने हो त्यति बनेनन् । विचारबाट नै विमुख भइसकेका प्रचण्ड संविधानसभाले संविधान जारी गरेसँगै प्रवेश गरेको संसदीय भाषमा उत्रनै नसक्ने गरी फसे ।
फसेको प्रचण्ड उत्रने बलियो आधार के ? प्रचण्डले हिजो जनयुद्धकालदेखि नै भन्दै आएको विषयवस्तु यो समयसम्म आइपुग्दा कति पूरा भए ? प्रचण्डले हिजोको साख जोगाउन प्राप्त उपलब्धिको रक्षा गर्दै आफनो अस्तित्व जोगाउन सक्ला कि नसक्लान् ? वा इतिहासका पानामा सीमित बन्लान् ? प्रचण्डका अगाडि चुनौतीको विशाल पहाड तेर्सिएको छ ।
विचारको माध्यामबाट जनतामा राज गरिरहने हो भने अवको कार्यदिशा र विचारधारा के हो, प्रचण्डले आमजनतालाई जवाफ दिनुपर्छ ।
पुँजीवादको वकालत गर्ने कांग्रेससँगको सहकार्य प्रचण्डका लागि अगामी दिनमा बाधक बन्ला कि नबन्ला ? प्रचण्डले सोचेका होलान् कि नाइ ?
जब तत्कालीन नेकपा माओवादीको संसद भवन प्रवेश गरे, त्यहीँबाट नै प्रचण्ड विस्तारै स्खलित हँुदै गए । त्यो पतन हुने कार्य जर्बजस्त बढिरहेको छ । संसदीय मोर्चामा आइसकेपछि र शासनसत्ता हातमा आइसकेपछि देश र जनताप्रति प्रचण्ड र माओवादीको भुमिका के हुने भन्ने कुरामा प्रचण्ड र माओवादी स्पष्ट हुन सकेनन् । यही नै प्रचण्डका लागी स्खलित हुने माध्याम बनिदियो ।
जतिजति सरकार र संसदमा रहँदै गयो, त्यतित्यति नै माओवादी र प्रचण्ड जनताबाट तिरस्कृत बन्न पुगे । जसलाई प्रचण्डले हेक्का राख्न सकेन । हिजो संसदीय व्यवस्थालाई नै प्रधानशत्रु देख्ने प्रचण्ड त्यही संसदीय फाँटमा यसरी फसे कि उम्कनै नसक्ने भए । त्यसैको उजागर प्रचण्डमा आएको वैचारिक विचलन र व्यवहारले पटकपटक मुखरित भइरहेको छ ।
पुनः देशमा चुनावको माहोल छाएको छ । यो बेला सवैभन्दा ठूलो धर्मसंकट प्रचण्डलाई छ । किनकी पहिलो संविधानसभामा पहिलो शक्ति बनेको प्रचण्ड दोश्रो चुनावमा तेश्रो शक्तिमा रुपान्तरण भयो । प्रचण्डलाई अबको चिन्ता भनेको तेश्रो हुने साख जोगाउन सकिन्छ कि सकिँदैन भन्ने हो । त्यो भन्दा पर प्रचण्डले अब सोच्न सक्दैन । त्यसैका लागि प्रचण्डले गठवन्धनको नारा घोक्रो फुट्ने गरी लगाइरहेका छन् ।
जब तत्कालीन नेकपा माओवादीको संसद भवन प्रवेश गरे, त्यहीँबाट नै प्रचण्ड विस्तारै स्खलित हँुदै गए । त्यो पतन हुने कार्य जर्बजस्त बढिरहेको छ । संसदीय मोर्चामा आइसकेपछि र शासनसत्ता हातमा आइसकेपछि देश र जनताप्रति प्रचण्ड र माओवादीको भूमिका के हुने भन्ने कुरामा प्रचण्ड र माओवादी स्पष्ट हुन सकेनन् ।
आफ्नै शक्तिमा तेश्रो बन्न सकिँदैन भन्ने प्रष्ट भएका प्रचण्ड अब संसदमा वैधानिक राजनैतिक दल बन्न सकिन्छ कि सकिँदैन भन्नेमा केन्द्रित छन् । विगतलाई समीक्षा गर्ने हो भने प्रचण्ड र माओवादीको जनाधार कमजोर बनिसकेको छ । दम्भ र डरले अबको चुनाव जित्न सकिँदैन भन्ने निष्कर्षमा पुगेका प्रचण्डका चुनावी नारा अब कांग्रेस र एमालेको नारा बनिसकेको छ । ठोस कार्ययोजना र राजनैतिक कार्यदेशविना जनतालाई प्रभाव पार्न सकिँदैन भन्ने बुझेका प्रचण्ड अझै पनि काग्रेसको बुई चढेर खोला तर्ने दिवास्वप्नमा पुलकित छ ।
कांग्रेसका नेताहरुले अब प्रचण्डको उपादेयता सकिएको निष्कर्ष निकालेपछि देखिएको क्रन्दन नै हो प्रचण्डको अहिलेको अभिव्यक्ति । जुन अभिव्यक्तिले प्रचण्ड कति कमजोर र अस्थिर बनिसके भन्ने पुष्टि गरेको छ । कसैको वैशाखीमा खोला तर्न कति गाह्रो हुन्छ भन्ने कुरा प्रचण्डले राम्रोसँग बुझिसकेका छन् । यसैको परिणाम हो कांग्रेसले पेले एमालेसँग पनि गठवन्धन गर्न सकिन्छ भन्ने अभिव्यक्ति ।
हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर चुनाव लडेर साख जोगाएको प्रचण्ड अब काग्रेससँग मिलेर हिजोको साख जोगाउन सकिँदैन भन्नेमा स्पष्ट छ । जे भएता पनि कम्युनिष्टले अर्को कम्युनिष्टलाई भोट हाल्न जति सहज हुन्छ, त्यति कांग्रेसलाई भोट हाल्न सहज हुँदैन भन्ने कुरा प्रचण्डले बुझिसकेका छन् । प्रचण्डको चिन्ता नै यही हो । नेकपा एमालेले हरियो घाँस देखाउने हो भने प्रतिगमनका मतियार भनेका ओलीका पाउ चरणम् गर्न प्रचण्ड तयार देखिन्छन् । जुन प्रचण्डका अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ ।
विचारविनाका राजनीति स्थायी हँुदैन । राजनीति सम्भावनाको खेल होला, तर त्यो क्षणिक हुन्छ, आवेग र उत्तेजनाले राजनीति स्थायी हुन सक्दैन । यो विचारविहीनहरुको तर्क हो । प्रचण्ड जस्तो कुटील चालबाजले यसमा हेक्का राख्न सकेनन् ।
अन्ततः प्रचण्ड आफ्नो साख जोगाउने अन्तिम लडाइँमा रोदन गरिरहेका छन् । यो उसको आवश्यकता होइन, बाध्यता हो । जीवन आवश्यकतामा होइन, बाध्यतामा घिस्रिन्छ । प्रचण्डले एकान्तमा बसेर यही सोचिरहेका छन् । बाध्यताको कसीमा प्रचण्ड पनि उभिएका छन् । जुन उसको चाहना होइन ।