नेविसंघका नवनियुक्त अध्यक्षको प्रतिबद्धता- चुनाव सकिएको ३ महिनाभित्र महाधिवेशन (भिडिओ) – Nepal Press

नेविसंघका नवनियुक्त अध्यक्षको प्रतिबद्धता- चुनाव सकिएको ३ महिनाभित्र महाधिवेशन (भिडिओ)

काठमाडौं । नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन् ।

शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई जिम्मेवारी हस्तान्तरण गरे ।

पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेटअनुसार निर्वाचन सकिएको तीन महिनाभित्र संगठनको १२ औं महाधिवेशन गर्ने प्रतिबद्धता जनाए ।

विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने शेर्पाको भनाइ छ । आफ्नो कार्यकालमा कुनै पूवाग्रह नराखी संगठनलाई विस्तार र बलियो बनाउने दाबी पनि गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार शेर्पालाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर