रुसी सैनिकले युक्रेनी महिलाहरुमाथि बलत्कार गरेको आरोप – Nepal Press

रुसी सैनिकले युक्रेनी महिलाहरुमाथि बलत्कार गरेको आरोप

काठमाडौं । रसियाले युक्रेन माथि हमला सुरु गरेको एक महिना नाघी सकेको छ । निरन्तरको हमलाको कारण क्षत विक्षत बनेको युक्रेनको वर्तमान परिस्थिती चिन्ताजनक रहेको कुरा जगजायर छ भने युद्दका कारण झण्डै ३५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

अवश्य पनि युद्द हुनु कुनै पनि देश, समुदाय, व्यक्ती वा लिङ्गका लागि सकरात्मक पक्ष होइन त्यसमा पनि युद्दको समय महिलाहरुको लागि थप कष्टकर र चुनौतीपूर्ण हुने कुरा विगतका युद्दहरुले पनि देखाउने गरेको छ ।

संयुक्त राष्ट्रका भूतपूर्व शान्ति कमान्डर जनरेल प्याट्रिक क्याममन्टकै भनाईलाई सापटी लिएर भन्नुपर्दा ‘सशस्त्र युद्धमा सिपाहीभन्दा स्त्री हुनु खतरनाक हुन्छ।’ हाल युक्रेनमा जारी युद्दको अवस्थालाई मध्यनजर गर्दा युक्रेनमा पछील्लो समय महिलाहरुले थप यातना र चुनौती भोग्न परेको घटनाहरु सार्वजनिक हुन थालेका छ्न् ।

हालै मात्र ३० वर्षिय एक युक्रेनी महिलाले रसियन सैनिकहरुले महिलाहरुमाथि यौनजन्य दुव्र्यवहारका साथै बलत्कारसम्म गरिरहेको आरोप लगाएकी छिन् । यसको केही समय अघी कानुनकर्मी लेसिआ भासिलेन्कोले पनि युक्रेनको सहर केइवमा रसियन सैनिकद्वारा एक वृद्ध महिलालाई यौन दुव्र्यवहार गरिएको आरोप लगाएकी थिईन् ।

रसियन सैनिकको दुर्व्यवहार र यौन हिसांकै डरले युक्रेनमा कैयौँ महिलाहरुले आत्महत्या गरेको पनि भासिलेन्कोको भनाई छ । युद्दमा रसियन सैनिकले यौन हिसां गरिरहेको भन्ने गुनासो बढेसँगै गत मार्च २३ मा युक्रेनले पहिलोपटक यस सन्दर्भमा औपचारिक छानबिन सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर