दुई वडाध्यक्षसहित नेकपा एस शुक्लागण्डकी नगर सचिव र अनेरास्ववियूको कमिटी एमालेमा समाहित – Nepal Press

दुई वडाध्यक्षसहित नेकपा एस शुक्लागण्डकी नगर सचिव र अनेरास्ववियूको कमिटी एमालेमा समाहित

दमौली । तनहुँको शुक्ला गण्डकी नगरपालिकाका दुई जना वडाध्यक्ष र नेकपा एकीकृत समाजवादीका नगर कमिटी सचिवसहितका तीन वटा वडा कमिटी एमालेमा समाहित भएका छन् ।

शुक्रवार आयोजित कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ,वडा नम्बर ७ का वडाध्यक्ष दीर्घबहादुर थापा तथा तीन वटा वडा कमिटी एमालेमा समाहित भएका हुन् ।

श्रेष्ठ र थापा एमाले विभाजनपछि नेकपा एसमा सनाखत गरेका थिए । त्यस्तै सोही कार्यक्रममा नेकपा एसका तनहुँ जिल्ला कार्यालय सदस्य तथा शुक्ला गण्डकी नगर कमिटीका सचिव कमल ढकालसहित ६ जना जिल्ला कमिटी सदस्य पनि एमालेमा फर्किएको प्रेस चौतारीका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईले बताए ।

नेकपा एस निकट अनेरास्ववियूका गण्डकी प्रदेश सचिव गोविन्द महतसहित सो संगठनको जिल्ला कमिटी पनि एमालेमा समाहित भएको अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले बताए ।


प्रतिक्रिया

One thought on “दुई वडाध्यक्षसहित नेकपा एस शुक्लागण्डकी नगर सचिव र अनेरास्ववियूको कमिटी एमालेमा समाहित

  1. वडा .न ५ का वडा अध्यक्ष दिर्घ बहादुर थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर