एमाले अध्यक्ष ओली कर्णालीका विभिन्न जिल्ला आउँदै – Nepal Press

एमाले अध्यक्ष ओली कर्णालीका विभिन्न जिल्ला आउँदै

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशका विभिन्न जिल्ला आउने तय भएको छ ।

कर्णालीका विभिन्न जिल्लामा चुनावलक्षित आमसभलाई सम्बोधन गर्ने र विभिन्न दल परित्याग गरी एमाले रोजेकालाई पार्टीमा स्वागत गर्न ओली कर्णाली आउन लागेका हुन् ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओली यही चैत १७ गते जुम्लाको सिंजा तथा कालीकोटको मान्ममा आयोजना गरिएको आमसभामा सहभागी हुने छन् ।

यहाँ विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरीय नेताहरूसहित विभिन्न दल परित्याग गरी सयौं कार्यकर्ता एमाले प्रवेश गर्ने उनले बताए ।

यस्तै वैशाख ४ मा ओली हुम्ला आउँदैछन् । हुम्लाको सिमकोट र अदानचुली गाउँपालिकाको श्रीनगरमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर