कांग्रेस बैठकमा प्रदेश सभापतिको रिपोर्टिङ- गठबन्धन गर्दै जाने हो भने हाम्रो हालत कांग्रेस आइको जस्तो हुन्छ – Nepal Press

कांग्रेस बैठकमा प्रदेश सभापतिको रिपोर्टिङ- गठबन्धन गर्दै जाने हो भने हाम्रो हालत कांग्रेस आइको जस्तो हुन्छ

माओवादी मोडेलमा तालमेल गर्दा कर्णालीका कतिपय जिल्लामा कांग्रेस निल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा आमन्त्रितका रूपमा बोलाइएका प्रदेश सभापतिहरूले स्थानीय तहको चुनावमा तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय केन्द्रबाट नभई स्थानीय आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिमका वीर बहादुर बलायरबाहेक अन्य सभापतिहरूले धारणा राखेका हुन् । बैठकमा गण्डकीका सभापति शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुनले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत भारतको कांग्रेस आइ जस्तो हुनसक्ने बताएका छन् ।

प्रदेश १ का सभापति उद्धव थापा र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले पनि केन्द्रबाट गठबन्धन गर्न नहुने जोड दिएका छन्। गठबन्धन गर्दा स्थानीय आवश्यकता अनुसार गर्नु पर्ने उनीहरूको भनाइथियो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने– गठबन्धन किन गर्ने ? गर्दा के हुन्छ ? केन्द्रबाटै गठबन्धन गर्ने कि स्थानीय आवश्यकता अनुसार गर्ने ? यी तीन वटा प्रश्नमा बैठक रहेको छ ।

बैठकमा कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस नील हुने बताएका छन्। माओवादीले जसले विगतमा जितेको त्यो ठाउँमा उसैलाई छाड्ने प्रस्ताव राखेको छ ।

माओवादीले एमालेले जितेका स्थानीय तहमा भागबन्डा गर्नु पर्ने बताउँदै आएको छ। त्यसो गर्दा कर्णालीका धेरै जिल्लामा कांग्रेस निल हुने कर्णाली प्रदेशका सभापतिको शाहीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर