सभापति देउवा केन्द्रबाट गठबन्धन लाद्न चाहन्छन् भन्ने गलत प्रचार भयो : प्रवक्ता महत (भिडिओ) – Nepal Press

सभापति देउवा केन्द्रबाट गठबन्धन लाद्न चाहन्छन् भन्ने गलत प्रचार भयो : प्रवक्ता महत (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेलका सन्दर्भमा सभापति तथा प्रधानमन्त्रीको हुर्मत लिन खोजिएको टिप्पणी गरेका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा प्रदेश सभापतिहरूले तालमेलको विपक्षमा धारणा राखेपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महतले सभापतिले गठबन्धन केन्द्रबाटै लाद्न खोजेको भनेर गलत ढंगले प्रचार भइरहेको बताए ।

महतले भने– पार्टी सभापति लाद्न चाहनु हुन्छ भनेर जबरजस्त एउटा न्यारेटिभ पब्लिकमा पठाउन खोजिँदै छ । जे कुरा सम्प्रेषित गर्न कोसिस भइरहेको छ, त्यो पार्टीको आधिकारिक दृष्टिकोण होइन । भर्खर त छलफल भइरहेको छ । तलको इन्पुटको आधारमा निर्णय गर्ने भन्दा भन्दै पहिले नै पार्टी सभापतिले गठबन्धन गर्न चाहे पनि हामीले यस्तो निर्णय गर्न दिएनौँ भन्नको लागि यस्तो कुरा आइरहेको छ कि ?

महतले पार्टी सभापति देउवा कांग्रेसलाई कसरी फाइदा हुन्छ भन्नेमा केन्द्रित रहेको बताए ।

उनले कांग्रेस एक्लै जित्ने ठाउँमा गठबन्धन नहुने र कमजोर रहेको ठाउँमा गठबन्धन गरिने बताए । जे निर्णय भए पनि केन्द्रीय कार्य समितिबाट हुने भन्दै गलत टीकाटिप्पणी नगर्न उनले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *