सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा – Nepal Press

सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्। आठौँ महाधिवेशन अन्तर्गत शुक्रबार भएको निर्वाचनमा तुम्खेवा निर्वाचित भएकी हुन् ।

शुक्रबार मध्यरातमा घोषित मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी  विजयी भएकी हुन । उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन । अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हाे ।

उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।

यस्तै सदस्यहरुमा सलोजा दाहाल, पार्वता चौधरी, साजना तामाङ, नुनुता राई, मञ्जिला ढकाल, लोकसरी कुँवर, पवित्रा मुडभरी र राधा प्रधान विजयी भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *