सिके राउतका कार्यकर्ताको आक्रमणबाट जसपाका प्रमुख सचेतकको टाउको फुट्यो – Nepal Press

सिके राउतका कार्यकर्ताको आक्रमणबाट जसपाका प्रमुख सचेतकको टाउको फुट्यो

जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साह ईश्वरपुर नगरपालिकाको युवा क्लव उद्घाटन कार्यक्रममा जाँदा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेका थिए ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा र जनमतका कार्यकर्ताबीच झडप भएको थियो ।

जनमतका कार्यकर्ताको आक्रमणमा परी सांसद साहको टाउको फुटेको छ । उनलाई उपचारका लागि बयलबासस्थित अमृत हेल्थ केयरमा लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर