कांग्रेसजनलाई देउवाको चेतावनी- प्रचण्ड हार्न चुनाव लड्छन् ? मिल्दिन्छन् भोलि एमालेमा गएर (भिडिओ) – Nepal Press

कांग्रेसजनलाई देउवाको चेतावनी- प्रचण्ड हार्न चुनाव लड्छन् ? मिल्दिन्छन् भोलि एमालेमा गएर (भिडिओ)

‘ओली झन् बलियो हुँदै आएका छन्, एमाले फुट्यो भनेर मक्ख नपरौँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी फुटिहाले त्यसैले जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेसजनलाई सचेत गराएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवा गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरूप्रति आक्रोशित बने ।

देउवाले माओवादीलाई गठबन्धन गरेर नलाने हो प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने त्रास समेत देखाए । देउवाले एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टको धेरै ठूलो संख्या रहेकाले गठबन्धन आवश्यक भएको बताए ।

सभापति देउवाले भने–गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ,केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले ।

देउवाले कांग्रेसलाई बलियो बनाउन र कम्युनिस्ट मिल्न नदिन गठबन्धन आवश्यक रहेको दोहोर्‍याए ।

कार्यक्रममा शेखर कोइराला पनि थिए । कोइरालाले भने गठबन्धन गर्दा कांग्रेस आइको अवस्थामा पुग्ने चिन्ता व्यक्त गरे । उनले कांग्रेस मिले मात्र पनि जितिने बताए ।


प्रतिक्रिया

One thought on “कांग्रेसजनलाई देउवाको चेतावनी- प्रचण्ड हार्न चुनाव लड्छन् ? मिल्दिन्छन् भोलि एमालेमा गएर (भिडिओ)

  1. बोली नबुझिने देउवाले यत्ती प्रस्ट हुने गरी भनिदिँदा पनि नबुझ्ने, नचेत्ने अनी त्यही काङ्रेस त्यही देउवासँग टाशिले, लेपासिने, झुन्डिने, सती जानेहरु अझै कम्युनिस्ट भै रहने !?
    ओली कुनै अद्रिस्य वा कुनै अजङको ’घटोच’ लिएर त आउने हैनन्, चुनावमा भोट लिएर आउने हुन, यदी जनताले नै ओलीलाई मन पराउछन, मत दिन्छन भने त्येशको बिरोध गर्ने वा बिरोधी मोर्चा कस्नेहरु को हुन्छन !? अनी जनबलबाट उदाउने, उभिने सक्तिलाई ‘सबै’ धुरिएर रोक्न खोज्नु पनि ‘लोकतन्त्र’ हो !?
    एउटा ‘लठुवा’ को पछी लाग्ने र आफ्नु भबिस्य त्येशैमा देख्नेहरु देशको लागि गह्रुङो बोझ र साह्रै पिडा दिने ‘खिल’ भन्दा बाहेक के होलान !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर