घोडाघोडी १ मा माओवादीले लगायो उम्मेदवारको टुङ्गो – Nepal Press

घोडाघोडी १ मा माओवादीले लगायो उम्मेदवारको टुङ्गो

कैलाली । नेकपा माओवादी केन्द्रले कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ को उम्मेदवार टुङ्गो लगाएको छ ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागी वडाध्यक्षमा लक्ष्मण निउरेलाई अगाडि सारेको हो ।

शनिवार बसेको जिल्ला समन्वय समिति र नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटीको पूर्ण बैठकले सर्वसम्मत रूपमा लक्ष्मण निउरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

निउरे नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा कमिटी अध्यक्ष पनि हुन् ।

वडा सदस्यहरू भने गठबन्धनको टुङ्गो लागेपछि टुङ्ग्याउने माओवादी केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर