नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण : गृहमन्त्री
नेपाल प्रेस
२०७८ चैत १२ गते १९:०३
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
गैरआवासीय नेपाली संघको दशौं महाविशेन उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री खाँडले नेपालको उत्पादन तथा रोजगारी सिर्जनामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
नेपालका लागि नेपाली अभियान सार्थक बनाउन उनले गैरआवासीय नेपालीलाई आग्रह गरे। सरकार सधैँ गैरआवासीयको साथ र समर्थनमा रहनेभन्दै खाँडले नेपालमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका हुने बताए ।
गैरआवासीय नेपालीहरूले मागेको गैरआवासीय नेपाली नागरिकता छिट्टै संशोधन गरिने बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर