बागमती गाउँपालिकाले उचाल्यो फुटसल प्रतियोगिताको ट्रफी – Nepal Press

बागमती गाउँपालिकाले उचाल्यो फुटसल प्रतियोगिताको ट्रफी

ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबीचको फुटसल प्रतियोगिताको ट्रफी जितेको छ ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिवार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८-४ गोलले पराजित गर्दै बागमतीले उपाधि जितेको हो ।

महांकाल गाउँपालिका उप-विजेता बन्यो ।

कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टिम सहभागी थिए ।

पत्रकार महासंघ ललितपुरको ३० औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले उद्घाटन गरे ।

प्रतियोगितामा ललितपुर महानगरपालिका बागमती गाउँपालिका, महांकाल गाउँपालिका, कोन्जोसोम गाउँपालिका, गोदावरी नगरपालिका र पत्रकार महासंघका गरी ८ टिम सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *