व्हाइट हाउसको स्पष्टिकरण – अमेरिकाले रसियाको नेतृत्व परिवर्तन चाहेको छैन
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहिरहन नहुने अभिव्यक्ति दिएका छन् ।
ब्रुसेल्समा भएको जी ७, युरोपियन संघ तथा नेटोको शिखर सम्मेलन पश्चात पोल्याण्डको भ्रमणमा निस्किएका बाइडेनले पोल्याण्डको राजधानी वारसाउमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएका हुन् ।
बाइडेनको उक्त अभिव्यक्ति लगत्तै अमेरिकी राष्ट्रपतिको कार्यलय व्हाइटहाउसले अमेरिकाले रसियाको नेतृत्व परिवर्तन होस् भन्ने नचाहेको जनाएको छ ।
व्हाइट हाउसका अनुसार बाइडेनले उक्त अभिव्यक्तिमार्फत रसियाले छिमेकीमाथि शक्तिको दुरुपयोग गर्न नहुने बताउन खोजेका हुन् ।
बाइडेनको उक्त अभिव्यक्तिका कारण रुसी राष्ट्रपति पुटिनले शैन्य आक्रमणलाई अझै शसक्त बनाउँदै लैजान सक्ने र आणविक हतियार प्रयोगको जोखिमलाईसमेत बढाउन सक्ने भएको कारण व्हाइट हाउसले बाइडेनको भनाईलाई हस्तक्षेप गर्दै यस्तो स्पष्टीकरण दिएको बताइएको छ ।
ब्रुसेल्समा भएको जी ७, युरोपियन संघ तथा नेटोको शिखर सम्मेलन पश्चात पोल्याण्डको भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो शनिबार पोल्याण्डको राजधानी वारसाउमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा रसियाका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहिरहन नहुने अभिव्यक्ती दिएका थिए ।