नेकपा एसको मुखपत्र ‘कलमन्यूज डटकम’ सञ्चालनमा – Nepal Press

नेकपा एसको मुखपत्र ‘कलमन्यूज डटकम’ सञ्चालनमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मुखपत्रको रूपमा ‘कलमन्यूज डटकम डट एनपी’ नामक समाचार पोर्टल सुरू गरेको छ । पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनले आधिकारिक पोर्टलस्वरूप डिजिट प्रकाशनको रूपमा उक्त अनलाइन सञ्चालनमा ल्याएको हो ।

नेकपा (एस) को निर्वाचन चिन्ह ‘कलम’ को नामबाट ल्याइएको पोर्टलको उद्घाटन समाजवादी प्रेस संठगनको विस्तारित बैठकबीच अध्यक्ष माधवकुमार नेपालले गरे ।

पोर्टलबाट निरन्तर समाचार सामाग्रीहरू अपडेट गरिने समाजवादी प्रेस संगठनले जनाएको छ ।

यस्तै प्रत्येक १५/१५ दिनमा छापा संस्करण पनि प्रकाशन गर्ने संगठनले जानकारी दिएको छ ।


प्रतिक्रिया

2 thoughts on “नेकपा एसको मुखपत्र ‘कलमन्यूज डटकम’ सञ्चालनमा

  1. हाम्रो गौरवमय पार्टीको चुनाव चिन्ह कलमलाई केन्द्रविन्दुमा राखेर समाजवादी प्रेस संगठनले पार्टीका श्रद्धेय अध्यक्ष कमरेड माधव कुमार नेपालबाट सन् २०२२/०३/२७ का दिन शुभारंभ गरिएको समाचार पोर्टल डिजिटल प्रकाशनलाई हार्दिक बधाई तथा श्रमजीवी जनताको आवज निरन्तर वुलन्द गरिरहने अभियानमा सफलता मिलोस् शुभकामना !!

  2. कलमको प्रगति उन्नति को हार्दिक शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर