कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ) – Nepal Press

कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

यसअघि शुक्रबार पहिलो दिन पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल ‘सुधारको कदम’ आवश्यक रहेको प्रसंगले बैठकमा प्रवेश पाएको थियो ।

केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै प्रधानमन्त्रीसमेत रहेका सभाति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

 

 


प्रतिक्रिया

One thought on “कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

  1. पहिला देउवाकाे राजिनामा माग । प्रधानमन्त्रीय पद्वती भएपछि पहिलाे दाेष देउवाकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर