छात्राहरूको शिक्षामा तालिबानले लगाएको प्रतिबन्ध धेरै दिन टिक्दैन : नोबेल शान्ति पुरस्कार विजेता मलाला  – Nepal Press

छात्राहरूको शिक्षामा तालिबानले लगाएको प्रतिबन्ध धेरै दिन टिक्दैन : नोबेल शान्ति पुरस्कार विजेता मलाला 

एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता महिला अधिकारकर्मी मलाला युसाफजाईले अफगानिस्तानमा तालिबानले छात्राहरूको शिक्षामाथि लगाएको प्रतिबन्ध धेरै दिन नटिक्ने बताएकी छन् ।

सत्तामा आएपछि तालिबानले छात्राहरूलाई शिक्षा आर्जनमा प्रतिबन्ध लगाएको विरोध गर्दै यसै हप्ता अफगानिस्तानमा केही छात्राहरुले पठन पाठन सुचारु गरेका थिए । यद्यपि विद्यालय सुचारु भएको केही घण्टामा नै तालिबानले छात्राहरूले पठन पाठन गरिरहेको विद्यालय पूर्ण बन्द गराएका छन् ।

तालिबानको उक्त कार्य पश्चात सन् २०१४ कि नोबेल शान्ति पुरस्कार विजेता मलालाले १९९६ को समयमा तालिबानहरूलाई विद्यालय बन्द गराउन सजिलो भएतापनी हालको समयमा तालिबानले विद्यालय बन्द गराउन कठिन रहेको बताएकी हुन् ।

वर्तमान समयमा अफगानिस्तानका महिलाहरूले  शिक्षाको र नारी सशक्तीकरणको महत्त्व बुझिसकेका कारण तालिबानहरुले लगाएको शिक्षा माथिको प्रतिबन्ध धेरै समयसम्म टिक्न नसक्ने मलालाको भनाई छ ।

तालिबानले यस अघि पनि सन् १९९६ देखी २००१ सम्म आफू सत्तामा रहँदा छात्राहरूलाई शिक्षा आर्जनमा प्रतिबन्ध लगाएको थियो भने अमेरिकी सैनिकले अफगानिस्तान छाडेसँगै पुन सत्तामा आएको तालिबानले कक्षा ६ भन्दा माथिका छात्राहरूलाई शिक्षामा प्रतिबन्ध लगाएको छ ।

तालिबानको उक्त प्रतिबन्धको विरोधमा शनिवार अफगानिस्तानको राजधानी काबुलमा केही महिलाहरूले छात्राहरूको लागि स्कुल खोलिनु पर्ने माग राख्दै विद्यालय सुचारु गराएका थिए तर तालिबान समूहले विद्यालय पुन बन्द गरायो ।

तालिबान समूहको उक्त निर्णय पश्चात अमेरिकाले तालिबान समूहसँग  कतारको दोहामा गर्ने भनेको भेटवार्ता समेत रद्द गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर