प्रथम हेरिटेज रिङ रेस्लिङ चैत्र १९ मा हुने – Nepal Press

प्रथम हेरिटेज रिङ रेस्लिङ चैत्र १९ मा हुने

काठमाडौं । प्रथम हेरिटेज रिङ रेस्लिङ प्रतियोगिता चैत्र १९ मा हुने भएको छ ।

आइतबार आयोजक नेपाल रिङ रेस्लिङ संघले दिएको जानकारीअनुसार प्रतियोगिता वसन्तपुरको डबलीमा दिउँसो २ बजे आयोजना हुनेछ ।

प्रतियोगितामा नुवाकोटे टाइगर, चट्टान, डेभिड, साइन, टुप्पी ग्याङे, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ्ग श्याडी, स्पाईडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरूको सहभागिता रहनेछ ।

यस्तै, प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५ हजार, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाइट वेट फिमेल च्याम्पियनले ६५ हजार साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर