स्थानीय तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? यस्तो राजपत्रमा प्रकाशित सूचना – Nepal Press

स्थानीय तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? यस्तो राजपत्रमा प्रकाशित सूचना

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । जसको सूचना राजपत्रमा प्रकाशन भएको छ ।

आयोगले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाको प्रमुखदेखि वडा सदस्यसम्म र गाउँपालिकाको अध्यक्षदेखि वडा सदस्यसम्म के मा कति खर्च गर्न पाउने भन्ने खर्चको सीमा निर्धारण गरिएको छ ।

जस अनुसार महानगरपालिकाको प्रमुख वा उपप्रमुखमा उम्मेदवारी दिने व्यक्तिले बढीमा ७ लाख ५० हजार तथा वडा अध्यक्ष र वडा सदस्यले ३ लाखसम्म खर्च गर्न पाउने छन् ।

यस्तै उपमहानगरपालिकाको प्रमुख वा उपप्रमुखले ५ लाख ५० हजारसम्म र वडा अध्यक्ष र वडा सदस्य, महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले २ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।

यस्तै नगरपालिकाको हकमा प्रमुख वा उपप्रमुखले ४ लाख ५० हजारसम्म र वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले २ लाखसम्म खर्च गर्न पाउनेछन् ।

यस्तै गाउँपालिकाको हकमा अध्यक्ष वा उपाध्यक्षले ३ लाख ५० हजारसम्म र वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।

जिल्ला समन्वय समिति प्रमुख वा उपप्रमुखले एकमुष्ट ५० हजार र सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले एकमुष्ट नै २५ हजार खर्च गर्न पाउनेछन् ।

यस्तै नगर कार्यपालिका र गाउँ कार्यपालिका सदस्यमा महिला, दलित र अल्पसङ्ख्यक समुदायबाट एकमुष्ट २५ हजार खर्च गर्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर