३६५ केजी गाँजासहित ६ जना पक्राउ  – Nepal Press

३६५ केजी गाँजासहित ६ जना पक्राउ 

काठमाडौं । प्रहरीले  ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।  चितवन र मकवानपुरका विभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरेको हो  ।

चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम सहित एकजना किशाेर पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा  १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हाे । फरार चेपाङको खोजी गरिरहेको प्रहरीले जनाएकाे  छ ।

यसै गरी मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर खोलाको बगरबाट करिब एक सय केजी गाँजासहित चार जना पक्राउ परेका छन् ।
उनिहरुलाई प्रहरीले आइतबार राति पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सोही गाउँपालिका सुगौरा बस्ने ५३ वर्षीय बुद्धि बहादुर थिङ समेत ४ जना छन् ।

मकवानपुरकै हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलबाट करिब १ सय ६५ किलो ८ सय ग्राम गाँजा सहित एक जनालाई  पक्राउ परेका छन् । हेटाैंडा–१३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैमाथि प्रहरीले अनुसन्धान गरीरहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर