तीनै तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा जोड – Nepal Press

तीनै तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा जोड

मुगु ।  मुगुमा सक्रिय महिला अधिकारकर्मी तथा महिला नेतृहरूले आगामी स्थानीय तह निर्वाचनलगायत प्रदेश, संघमा महिलाको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिएका छन् ।
टेवा नेपाल र महिला अधिकार केन्द्र नेपाल मुगुको आयोजना आज भएको कार्यक्रममा महिलाहरूले  स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको लागि सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधिहरूको ध्यानाकर्षण गरेका हुन् ।
महिलाहरु स्थानीय तहमा मात्रै   सीमित भएर बस्न नहुने कर्णाली प्रदेश सभाका सदस्य  झोवा विककाे भनाइ छ  । महिलाहरू नेतृत्वमा जानु हुँदैन, महिलाले पुरुष सरहको काम गर्न सक्दैनन् भन्ने भनाइ अब बदल्नु पर्ने  उनले बताइन्  । उनले आउँदो तीनै तहका निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता हुन पर्ने दाहोर्याइन ।
स्थानीय तह निर्वाचन २०७४ मा सरकारको नीतिअनुसार महिलाहरू नगरपालिका र गाउँपालिकाका उपप्रमुख, उपाध्यक्षमा सीमित भएका कारण पनि हरेक निर्वाचनमा महिलाहरुकाे अर्थपूर्ण सहभागिता हुन पर्नेमा उनीहरुकाे जाेड रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर