थवाङमा प्रचण्ड पुग्दा (तस्बिरहरू) – Nepal Press

थवाङमा प्रचण्ड पुग्दा (तस्बिरहरू)

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी युद्धको उद्गमथलो रोल्पाको थवाङ पुगेका छन् । उनले रोल्पा नगरपालिकामा बनाइएको ‘जनयुद्ध स्मृति भ्यू टावर’ पनि उद्घाटन गरे ।

लिवाङको टुँडिखेलमा आयोजना गरिएको चुनावी सभालाई प्रचण्डले सम्बोधन गरेका थिए ।

उनलाई स्थानीय र कार्यकर्ताले फूलमाला, अबिर लगाएर स्वागत गरेका थिए ।

रोल्पा नगरपालिकामा बनाइएको भ्यूटावरले युद्ध पर्यटनलाई टेवा पुग्ने बताइएको छ । टावरमा १० वर्षे माओवादी विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको सालिक पनि राखिएको छ । टावर करिब ६ करोडमा निर्माण गरिएको मेयर पूर्ण केसीले जानकारी दिए ।

‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंस मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी युद्ध संग्रहालय बन्न सक्छ’, प्रचण्डले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर