नेकपा एस निकट सरकारी कर्मचारी संगठनले पायो राष्ट्रियस्तरको ट्रेड युनियनको मान्यता
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट निजामती कर्मचारीहरूको संगठनले राष्ट्रियस्तरको ट्रेड युनियनको मान्यता पाएको छ ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागबाट मोहन घिमिरे नेतृत्वको एकीकृत सरकारी कर्मचारी संगठनले सोमवार मान्यता पाएको हो ।
संगठनका केन्द्रीय संयोजक मोहन कुमार घिमिरेका अनुसार दर्ता प्रक्रियामा देशभरका १४ हजार ७५३ कर्मचारीहरू सहभागी भएका छन् । एमाले विभाजनसँगै नेपाल निजामती कर्मचारी संगठनबाट विभाजित भएको समूहले अलग संगठन दर्ताका लागि प्रक्रिया चलाएको थियो ।
विभाजनपछि बनेको संगठनका अध्यक्ष रेवन्त गौतम एमालेमै फर्किएपछि मोहन घिमिरेको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठनको दर्ता प्रक्रिया अघि बढाइएको थियो ।