देउवालाई गगनको प्रश्न- नयाँ मतदातालाई हँसिया हथौडा र कलममा भोट दिन लगाउँदा भविष्यमा रुखमा दिन्छन् ? – Nepal Press

देउवालाई गगनको प्रश्न- नयाँ मतदातालाई हँसिया हथौडा र कलममा भोट दिन लगाउँदा भविष्यमा रुखमा दिन्छन् ?

कम्युनिस्टबीच तालमेल हुन नदिनु नै लोकतन्त्र हो त ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै थापाले अहिले गठबन्धनका नाममा अरु पार्टीलाई भोट हाल्न लगाइएका मतदातालाई कांग्रेसमा फर्काउन सकिन्छ भनेर प्रश्न गरे । ‘अहिले रुखबाहेक अन्त भोट हाल्न लगाएका मतदातालाई कांग्रेसमा फर्काउन सकिन्छ ?’, उनले सोधे ।

गगनले थपे, ‘देशभरका लाखौं मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’

अरु सदस्यलाई जस्तै थापालाई पनि समयको पाबन्दी थियो । उनले बोल्दा बोल्दै ५ मिनेट सकिएको जानकारी समय सूचकले घण्टी बजाएर दिएपछि उनले आफ्नो भनाइ टुंग्याएका थिए ।

बैठकमा महामन्त्री थापाले भने, ‘नेपालमा कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा छ भनेर हामीले बारम्बार भन्यौं, के अब कम्युनिस्टलाई मिल्न नदिएर लोकतन्त्र बचायौं भनेर जाने हो ? कम्युनिस्टबीच तालमेल हुन नदिनु नै लोकतन्त्र हो त ?’


प्रतिक्रिया

One thought on “देउवालाई गगनको प्रश्न- नयाँ मतदातालाई हँसिया हथौडा र कलममा भोट दिन लगाउँदा भविष्यमा रुखमा दिन्छन् ?

  1. कुरा यौटै हो ।रुखमा पनि त हाल्छन नि अरुले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर