बुद्धचित्तको मालासहित विमानस्थलमा समातिए कोरियन नागरिक  – Nepal Press

बुद्धचित्तको मालासहित विमानस्थलमा समातिए कोरियन नागरिक 

काठमाडौं । नेपाल प्रहरीले बुद्धचित्तको मालासहित एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले अवैध रुपमा बुद्धचित्तको माला लिएर कोरिया जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

अवैध रुपमा बुद्धचित्तकाे माला लिएर काेरिया जान लागेका राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका जाङ कतार एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट कतारको दोहा हुँदै कोरिया जान लागेका थिए ।

प्रहरीले उनकाे साथबाट १५३ थान बुद्धचित्तको मालासमेत बरामद गरेको बताएकाे छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर