२०७४ को मतपरिणाम देखाउँदै विश्वप्रकाशले भने- गठबन्धन आवश्यक छ – Nepal Press

२०७४ को मतपरिणाम देखाउँदै विश्वप्रकाशले भने- गठबन्धन आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा दुई निर्वाचित महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन कुमार थापाबीच चुनावी गठबन्धनको विषयमा मत बाझिएको छ ।

गठबन्धनको विपक्षमा उभिएका थापालाई चुनौती दिँदै शर्माले पार्टीको हित र आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्नुपर्ने बताए । उनले अघिल्लो २०७४ को चुनावको मत परिणाम पेस गर्दै गठबन्धन आवश्यक रहको बताए ।

थापाले कतै कांग्रेस बलियो र कतै कमजोर रहेकाले गठबन्धन जरुरी रहेको तर्क गरे । शर्माले कांग्रेसले स्थानीय अवस्था हेरेर गठबन्धन गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

One thought on “२०७४ को मतपरिणाम देखाउँदै विश्वप्रकाशले भने- गठबन्धन आवश्यक छ

  1. अनी चुनाव पछी चाँही काङ्रेस बलियो हुन्छ कि, गठबन्धन !? जसरी भए पनि मात्र चाहिएको सत्ता हैन त !?
    के सिद्दान्त, के कार्यक्रम अनी के नियत !?
    त्यो तिमीहरु बन्ने कुरा भयो, अनी देश !?
    सबै मिलेर चुनाव लड्ने भए, एउटा पार्टि बनाउ, नत्र प्रजातन्त्रको ‘मसिहा’ दाबी नगर, पहिले नै नक्कली थिए कुरा अहिले त पुरै देखियो त्यो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर