कङ्गोका सैन्य शिविरहरूमा एम २३ विद्रोहीद्वारा आक्रमण – Nepal Press

कङ्गोका सैन्य शिविरहरूमा एम २३ विद्रोहीद्वारा आक्रमण

काठमाडाैं । उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसि) मा सोमबार बिहानदेखि मार्च २३ आन्दोलन (एम २३) विद्रोहीहरूले सेनाको  शिविरमा आक्रमण गरेको  स्थानीय सुरक्षा स्रोतहरूले जनाएका छन् ।

विद्रोहीहरूले स्थानीय समय अनुसार बिहान ३:०० बजेदेखि उत्तरी किभु प्रान्तको राजधानी गोमाको उत्तरमा रहेको रुत्शुरु क्षेत्रमा सशस्त्र बल (एफएआरडिसी) को शिविरहरूमा आक्रमणहरू सुरु गरेको  सैन्य स्रोतले अन्तराष्ट्रिय सञ्चार माध्यम सिन्ह्वालाई बताएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले  घण्टौँ लामो लडाइँको आवाज सुनेका र केही स्थानीय बासिन्दाहरू युगान्डा छिर्ने प्रयास गर्दै सीमा क्षेत्रमा भागेका देखेका थिए ।

राष्ट्रिय काङ्ग्रेस फर द डिफेन्स अफ द पीपल (सिएनडीपि) को पूर्व विद्रोहीहरूको समूह हो । नाम मार्च २३, २००९, सिएनडीपि र डीआरसि सरकार बिचको सम्झौताबाट आएको हो।   विद्रोही नेताहरूले सरकारले त्यो सम्झौताको सम्मान गर्न असफल भएको आरोप लगाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर