उपाध्यक्ष पौडेल भन्छन्- आउँदो मंसिरमा एमालेको सरकार, बृजेश गुप्ता मन्त्री – Nepal Press

उपाध्यक्ष पौडेल भन्छन्- आउँदो मंसिरमा एमालेको सरकार, बृजेश गुप्ता मन्त्री

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले शक्तिशाली भएकै कारण विपक्षी गठबन्धन बनेको बताएका छन् । कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सबै गठबन्धन गरेर आए पनि एमालेको विजययात्रामा बाधक नबन्ने दाबी गरे ।

नेता पौडेलले भने, ‘गठबन्धन गरेर आउन् वा एक्लै आउन् हामीलाई समस्या छैन, गठबन्धन एमाले बलियो भएकाले बनेको हो, त्यो प्रधानमन्त्रीले नै भन्नुभएको छ, ७४ सालमा कांग्रेस माओवादीको गठबन्धन हेरेका हौं भोगेका हौं त्यसैले आफ्नो संगठन बलियो बनाऔं, हाम्रो विजययात्रा कसैले रोक्न सक्दैन ।’

राजनीतिक इतिहास जोडिएका व्यक्तिहरूको एमाले प्रवेशले अब कपिलवस्तु एमालेको किल्ला बन्ने पौडेलले बताए ।

एमालेमा आएकालाई सम्मान र स्वाभिमानका साथ जिम्मेवारी दिने प्रतिबद्धता जनाउँदै पौडेलले आउँदो मंसिरमा एमालेको सरकार बन्ने र नेता बृजेश गुप्तालाई मन्त्रिपरिषद्‍मा एमालेले स्वागत गर्ने नेता पौडेलले बताएका थिए ।

कपिलवस्तुमा एमालेसँग तुलना गर्ने कुनै पार्टी नरहेको यहाँको सहभागिताले प्रष्ट पारेको र अब बाँकी रहेका एमाले प्रवेश गर्नेहरुको लावालस्कर लागिरहेको नेता पौडेलले बताए ।

अहिलेको चुनाव नगर्न सरकार र सरकारमा सहभागी दलले धेरै योजना बनाए पनि एमालेको व्यापक दबाबबाट निश्चित भएको बताउँदै उनले जबजम्म तीनै तहका एमाले नेतृत्वको सरकार बन्दैन तबसम्म प्रवेशको लहर यसैगरेर अघि बढ्ने र केपी ओलीलाई ५ वर्षसम्म कसैले हल्लाउन नसक्नेगरी सत्तामा ल्याउने बताए । उनले कपिलवस्तुमा रहेका १० पालिका एमालेको किल्ला ठहरिने दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर