खेलकुद महासंघ भोजपुरमा नयाँ नेतृत्व, अध्यक्षमा संग्राम – Nepal Press

खेलकुद महासंघ भोजपुरमा नयाँ नेतृत्व, अध्यक्षमा संग्राम

भोजपुर । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघ भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संग्राम राईको अध्यक्षतामा ५३ सदस्यीय कार्समिति चयन गरेको छ ।

महासंघको उपाध्यक्षमा भुपाल राई र तायाबुङ राई, सचिवमा सरोज चाम्लिङ, उपसचिवमा श्रीप्रसाद राई र कोषाध्यक्षमा सम्बरबहादुर खत्री सर्वसम्मत चयन भएका छन् ।

अधिवेशन महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ इन्चार्ज सन्तोष वान्तवाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।

अधिवेशनका विशिष्ट अतिथि एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले जिल्लाको खेलकुद क्षेत्रको विकास र युवाको अगुवाइका लागि प्रभावकारी एवं जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर