एमालेविरुद्ध तेह्रथुममा पाँच दलीय गठबन्धन – Nepal Press

एमालेविरुद्ध तेह्रथुममा पाँच दलीय गठबन्धन

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत गतिविधिहरु तीव्र बनाउन थालेका छन् ।

सत्तामा रहेको दलहरु केन्द्रबाट गठबन्धन गरेर नै निर्वाचनमा जाने मुडमा हुँदा जिल्लास्तरमा पनि आफूअनुकुलका गठबन्धन बन्न थालेका छन् ।

तेह्रथुममा एमाले विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बुवान पार्टी नेपालले गठबन्धन गरेका हुन् ।

एक विज्ञप्ती जारी गर्दै त्यहाँका पाँच दलले जिल्ला गठबन्धन कार्यदल गठन गरिएको जनाएका छन् । गोविन्द प्रसाद ढुंगानाको संयोजकत्वमा गठबन्धन कार्यदल निर्माण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर