निर्वाचन आचारसंहिता लगाउने यस्तो छ आयोगको तयारी – Nepal Press

निर्वाचन आचारसंहिता लगाउने यस्तो छ आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले ढिलोमा चैत २६ गतेदेखि स्थानीय तह निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । तीनै तहका सरकारले चुनावलाई प्रभावित पार्ने निर्णयहरू नगरुन् भनेर आयोगले चुनावको एक महिनाअघि नै आचासंहिता लागू गर्न लागेको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नेपाल प्रेससँग कुरा गर्दै आचारसंहिता चैत मसान्त अघि नै लागू भइसक्ने बताए । त्यसका लागि आयोगले विहीबार होटल हिमालयमा दलका प्रतिनिधिहरू तथा सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ ।

आयोगले चैत २२ गते सर्वदलीय बैठक बोलाउँदैछ । सो बैठकमा आचारसंहिता लगाउनेबारे दलहरूको राय मागिने र त्यो बैठकको छलफलका आधारमा आचारसंहिता लागू हुने थपलियाले बताए ।

सरकारले आचारसंहिता लागू हुनुअघि नै प्रहरी तथा कर्मचारीको सरुवा बढुवा तथा राजनीतिक नियुक्तिहरू टुंगो लगाउन खोज्दैछ । दलहरूबीच भागबण्डा नमिलेका कारण राजदूत नियुक्ति हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर