दुर्गा प्रसाईंको ‘हरित क्रान्ति’ : तस्बिरमा सूर्यविनायकस्थित २ अर्ब लगानीको तरकारी बजार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा तरकारी बजार सञ्चालनमा ल्याएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बजारको उद्घाटन गर्दैछन् ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंले सुरू गरेको ‘सूर्यविनायक हरित कृषि थोक बजार’ मा २ अर्बको लगानी रहेको र यो देशकै ठूलो भएको दाबी गरिएको छ ।
तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र २२ सय स्टल छन् । तरकारी बजार बिहान २ देखि ८ बजेसम्म खुल्नेछ । स्वदेशमै केही नयाँ काम गर्ने हुटहुटीले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताएका छन् ।
‘यो बजारले बिचौलियाको अन्त्य हुनेछ र वास्तविक किसानलाई फाइदा पुग्नेछ । सँगै सयौंले रोजगारी पाउँनेछन्’, उनले भने ।