दल अदल बदल – ५ घन्टामै एमालेबाट माओवादी, माओवादीबाट एमाले – Nepal Press

दल अदल बदल – ५ घन्टामै एमालेबाट माओवादी, माओवादीबाट एमाले

कैलाली । स्थानीय तह निर्वाचन नजिकसंगै दल अदल बदल गर्ने हरुको संख्या बढी रहेको छ ।

कैलाली गोदावरी नगरपालिका -१ का एमाले नेता भिम बिक एकै दिन एमालेबाट माओवादी र माओवादीबाट एमाले प्रवेश गरेका हुन् ।

एमाले वडा नम्बर १ वडा कमिटीका पूर्व अध्यक्ष बिक बुधबार माओबादीमा प्रवेश गरेका थिए ।

अत्तरियामा गोदावरी नगर कमिटीको आयोजनामा भईरहेको प्रशिक्षण कार्यक्रममा उनी माओबादीमा प्रबेश गरेका थिए । त्यसको केही घण्टामै उनी पुन एमाले मै फर्किएका छन् ।

गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट संग सम्बाद गरेपछि उनी एमाले मै बस्न सहमत भएका हुन् । उनले आफू माओवादीमा नगएको जहाँ थिए त्यहीँ रहेको बताए ।

“साथीहरू ले कार्यक्रम छ भनेर बोलाए , म कार्यक्रममा गएको हुँ,” उनले भने ,”म जहाँ थिए त्यहीँ छु । नेकपा एमाले मै छु ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर