गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा चुनावी तालमेल – Nepal Press

गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा चुनावी तालमेल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि सोही अनुरुपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी लगाउन लागिएको हो ।

 

 

 

 


प्रतिक्रिया

One thought on “गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा चुनावी तालमेल

  1. यो चुनाबि गठबन्धन् भनेको देश लाइ पुन: ५ बर्ष कोलागि अन्योल मा पुर्याउने खेल हो। यिनिहरु सबैको खास गरेर काङ्रेसिहरुको सामुहिक आत्महत्या बराबर् हो। पानि र तेल मिसाउनु जस्तै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर