एमाले अध्यक्ष ओली कर्णालीमा, विप्लव समूहका नेतासहितलाई पार्टीमा भित्र्याउने – Nepal Press

एमाले अध्यक्ष ओली कर्णालीमा, विप्लव समूहका नेतासहितलाई पार्टीमा भित्र्याउने

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली आएका छन् । दैलेखको दुल्लु, कालिकोटको मान्म र जुम्लाको सिंजा उपत्यकामा आयोजना गरिएका कार्यक्रमलाई सम्बाेधन गर्न उनी नेपालगन्जबाट कर्णाली आएका हुन ।

आज दुल्लुमा सामान्य भेटघाट कार्यक्रम रहेको छ भने दुल्लुमा केही समय बसेर उनी सिंजातर्फ लाग्नेछन् । सिंजामा नेकपा विप्लव समुहका नेता राज्य समिति सदस्य राम प्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश ‘ख’ का उपसभापति दानसिंह खत्री लगायतका सयौं नेता कार्यकर्तालाई एमाले भित्र्याउने कार्यक्रम छ ।

यस्तै कालिकोटमा पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्ण प्रसाद आचार्य सहित चार सय भन्दा बढी नेता कार्यकर्तालाई एमालेमा ओलीले प्रवेश गराउने भएका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर