गोरखापत्रको महाप्रबन्धकमा ऐरी, न्यूनतमको अध्यक्षमा खड्का – Nepal Press
मन्त्रिपरिषद् बैठक

गोरखापत्रको महाप्रबन्धकमा ऐरी, न्यूनतमको अध्यक्षमा खड्का

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका हुन् ।

त्यस्तै श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । नेपाल पत्रकार महासंघकी पूर्वसचिव खड्का प्रेस सेन्टरमा आबद्ध छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर