सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, प्रचण्ड भने निस्किए – Nepal Press

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, प्रचण्ड भने निस्किए

काठमाडौं । सत्तारुढ गठवन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने केही बेर बैठकमा भाग लिएर निस्किएका छन् ।

कांग्रेसले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि आज गठबन्धनको बैठक बसेको हो । बैठकले तालमेलको खाका बनाउने अपेक्षा गरिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित पाँच दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा शेरबहादुर देउवा, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, अशोकराई, पूर्णबहादुर खड्का, गगन थापा, दुर्गा पौडेल, राजेन्द्र श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।


प्रतिक्रिया

One thought on “सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, प्रचण्ड भने निस्किए

  1. एमसिसिमा सरकारकाे विराेध गरेकाे जनमाेर्चा फेरि टाँसिन गएछ । यिनकाे क्रान्तिकारिता पनि पैसामा साटियाे कि क्या हाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर