एआईजी सिफारिस : बढुवा समितिविरुद्ध अदालत जाँदै डीआईजीहरू – Nepal Press

एआईजी सिफारिस : बढुवा समितिविरुद्ध अदालत जाँदै डीआईजीहरू

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरू सर्वोच्च अदालत जाने भएका छन् ।

डीआईजी घनश्याम अर्यालले उजुरी सुन्ने समितिसँग जानकारी लिएपछि अदालत जाने बताए ।

बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख माधव रेग्मी अध्यक्ष रहने उजुरी सुन्ने समितिले बुधबार साँझ सदर गरेको थियो ।
उजुरी सुन्ने समितिले सदर गरेसँगै मन्त्रिपरिषद्को विहीबारको बैठकले सिफारिस गरिएका वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रहरी प्रवक्ता विष्णुकुमार केसीले लिखित जानकारी पाएलगत्तै बढुवा भएका डीआईजीहरुलाई फुलि लगाउने काम अगाडि बढ्ने बताए ।

वरीयता मिचेर बढुवा गरिएको भन्दै अर्यालसहित प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले उजुरी सुन्ने समितिमा उजुरी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर