राप्रपा नेतृत्वलाई कमल थापाको आग्रह- असम्भव एजेन्डा छोड्नोस्, मैले त छोडेँ – Nepal Press

राप्रपा नेतृत्वलाई कमल थापाको आग्रह- असम्भव एजेन्डा छोड्नोस्, मैले त छोडेँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रको असम्भव एजेन्डा त्याग्न आफ्नो पुरानो पार्टी राप्रपालाई सुझाव दिएका छन् । अहिले आफूलाई गाली गर्ने राप्रपाका युवाहरू भविष्यमा आफ्नै बाटोमा आउने उनको दाबी छ ।

फेसबुकमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘२०६३/६४ ताका ‘मरेको लाश नबोकौं दाइ’ भनेर सल्लाह दिने भाइहरू अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालीको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ । गालीगलौजको सट्टा निर्वाल निवास्लाई सोध्नुस् १५ वर्षमा राजसंस्था पुन:स्थापना गर्न राजाको के भूमिका रह्यो ? पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो ?’

उनी थप्छन्, ‘असम्भव एजेन्डा बोकेर आफ्नो र युवाहरूको भविष्यमाथि खेलवाड गर्ने काम छोड्नोस् । मैले त छोडेँ । हेरिराख्नुहोला केही वर्षपछि भाइहरु पनि मेरै बाटोमा आउनुपर्छ ।’

यद्यपि, थापाले अहिले पनि आफूलाई राजसंस्थाको माया लाग्ने बताएका छन् ।

‘राजसंस्थाको माया त मलाई अहिले पनि लाग्छ, तर के गर्नु । उनको व्यवहार र सोचाइ नै गलत भयो,’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर