दलाल पुँजीवादी सत्ताले समस्या आयो, एमसीसी पक्षधरलाई लखेट्नुपर्छ : विप्लव(भिडिओ) – Nepal Press

दलाल पुँजीवादी सत्ताले समस्या आयो, एमसीसी पक्षधरलाई लखेट्नुपर्छ : विप्लव(भिडिओ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलामा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्नेमा जोड दिए ।

नेपालमा साम्राज्यवादको हस्तक्षेप रोक्नुपर्ने विप्लवले बताए । नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पुँजीवादी सत्ताका कारण समस्या पैदा भएको उनको टिप्पणी छ ।

दलाल पुँजीवादी सत्ताले नेपाली जनतालाई लुछिरहेको दाबी गर्दै विप्लवले अब गाउँगाउँबाट एमसीसी पक्षधरलाई लखेट्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर