रुसको इन्धन भण्डारमा आगलागी, युक्रेनले हवाई आक्रमण गरेको रुसको दाबी  – Nepal Press

रुसको इन्धन भण्डारमा आगलागी, युक्रेनले हवाई आक्रमण गरेको रुसको दाबी 

एजेन्सी । युक्रेनको सीमा नजिक रहेको रुसी सहर  बेलगोरोडमा अवस्थित एक इन्धन भण्डारमा आगलागी भएको छ ।

बेलगोरोड सहरका गभर्नर भायाचस्ला ग्ल्याडकोभका अनुसार उक्त आगलागी युक्रेनले गरेको हवाई आक्रमणको कारण भएको हो ।

‘कम उचाइमा उडिरहेका युक्रेनी सशस्त्र बलका दुई हेलिकप्टरहरूबाट हवाई हमलाको परिणामस्वरूप तेल डिपोमा आगलागी गराएको र यसबाट मानवीय क्षति भने भएको छैन ।’ ग्ल्याडकोभले भने ।

आगलागीबाट दुई सैनिक भने गम्भीर घाइते भएको सिएनएनले जनाएको छ ।

आगलागी पश्चात् हाल बेलगोरोडमा सतर्कता बढाइएको छ भने आपतकालिन टोली समेत परिचालिन गरिएको छ । बेलगोरोड रुस र युक्रेनको उत्तर पूर्वी सिमानामा अवस्थित सहर हो भने यही सहरलाई मार्गको रूपमा प्रयोग गर्दै रुसले युक्रेनको प्रमुख सहर खार्किवमाथि हमला सुरु गरेको थियो ।

युक्रेनले ग्य्लाडकोभमा भएको आगलागीका विषयमा हालसम्म कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर