ठूलो मात्रामा भण्डारबाट तेल निकाल्न बाइडेनको आदेश – Nepal Press

ठूलो मात्रामा भण्डारबाट तेल निकाल्न बाइडेनको आदेश

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडनले रूस-यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् ।

आउँदो ६ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च १८ करोड ब्यारलसम्म तेल निकालिने अमेरिकी प्रशासनले जनाएको छ ।

यद्यपि दैनिक १० लाख ब्यारलको दरमा तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने विश्लेषकहरूले बताएका छन् । यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने विश्लेषकहरूले बताइएको बीबीसीले उल्लेख गरेको छ ।

यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि तेल सङ्कट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चालेका हुन् ।

रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरिद्मा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, यूरोप लगायत विश्व बजारमा तेलको अभाव देखिएको र तेलको उच्च मागका कारण मूल्य वृद्धि भएको छ ।

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन् । ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर