संस्कृतिका आविष्कारक नेपाली पूर्वजहरू हुन्, दोहोरी दुनियाँमा कहीँ गाइँदैन : ओली – Nepal Press

संस्कृतिका आविष्कारक नेपाली पूर्वजहरू हुन्, दोहोरी दुनियाँमा कहीँ गाइँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिको आविष्कार नेपालका पूर्वजहरूले गरेको बताएका छन् । पार्टीनिकट राष्ट्रिय जन सांस्कृतिक महासंघको ८ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘संस्कृति भन्ने चिज हाम्रै पूर्वजहरूले निकालेका हुन् । भाषा, लिपि, संगीत, लय, सुर, ताल, धुन, छन्द यी सबै कुरा पनि हाम्रै पूर्वजहरूले आविष्कार गरेका हुन्,’ उनले भने,‘दुनियाँमा कहीँपनि हुँदैन । दोहोरीका लागि आँसुकवि चाहिन्छ । आँसुकविकवियत्रीको अभाव नेपालमा छैन ।’

जति बेला लिपि थिएन उति बेला स्मरण रहोस् आफ्ना ज्ञानलाई लयबद्ध रूपमा संगठित गर्ने, विकास गर्ने र लयबद्ध बनाएर सम्प्रेषण गर्नेक्रममा संस्कृति आविष्कार भएको उनले बताए ।


प्रतिक्रिया

One thought on “संस्कृतिका आविष्कारक नेपाली पूर्वजहरू हुन्, दोहोरी दुनियाँमा कहीँ गाइँदैन : ओली

  1. सर ले त धेरै ठुलो माला लगाउनु भयो को छ सर हिन्दु धर्म मन्दैन देशलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको मान्छेले यति ठुलो माला लगाउनु को कारण के हो सर चुनाव को बेला छ सर त्यही भएर सर भनी रहेको छ कि म धेरै ठुलो हिन्दु हु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर