ओलीले भने- नेपालमाथि साँस्कृतिक हमला भइरहेको छ – Nepal Press

ओलीले भने- नेपालमाथि साँस्कृतिक हमला भइरहेको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमाथि अहिले सांस्कृतिक हमला भइरहेको बताएका छन् ।

पार्टीनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघको ८ औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र प्राप्त गर्ने र राष्ट्रियता बचाउँने माध्यम संस्कृति रहेको उल्लेख गरे ।

‘कुनै देश बिगार्नु छ भने, त्यसको संस्कृति बिगारे हुन्छ । हामीहरूमाथि सांस्कृतिक हमला भइरहेको छ,’ उनले भने,‘हामी सांस्कृतिक हमलाबाट जोगिन, त्यो हमलालाई परास्त गर्न र हाम्रो सँस्कृतिलाई जीवित राख्न त्यसलाई हामी बनाउँन आवश्यक छ ।’

कसले कसरी त्यो हमला गरिरहेको छ भन्ने उनले खुलाएनन् ।

चेतना र परिवर्तनको माध्यम संस्कृति भएकाले लोकतन्त्र प्राप्ति र संस्थागत गर्न संस्कृतिले भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

यस्तै अध्यक्ष ओलीले नेपालमाथि अहिले सांस्कृतिक हमला भइरहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर