टिकाराम भट्टराईको टिप्पणी- यसपालिको बार चुनाव हामी गठबन्धन सरकारसँग लड्दैछौं (भिडिओ) – Nepal Press

टिकाराम भट्टराईको टिप्पणी- यसपालिको बार चुनाव हामी गठबन्धन सरकारसँग लड्दैछौं (भिडिओ)

काठमाडौं । नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले बारको चुनावमा सरकारले बालुवाटारबाट उम्मेदवारलाई टिका लगाएर मण्डलेकरण गरेको आरोप लगाएका छन् ।

प्रगतिशील पेशागत कानून व्यवसायी समूहका उम्मेदवारको पक्षमा मत माग्दै भट्टराईले यस पटक बार एशोसिएशनको चुनाव हेर्दा कानून व्यवसायीबीच देखिए पनि यथार्थमा सरकारसँग आफूहरूले चुनाव लडिरहेको बताए । उनले बालुवाटारमा सत्ता गठबन्धनले उम्मेदवार तय गरेर पठाएकाले कानून व्यवसायीले सरकारसँग प्रतिस्पर्धा गरिरहेको बताए ।

भट्टराईले भने– नेपाल बारको निर्वाचनमा कानून व्यवसायी नै मतदाता र उम्मेदवार छन् । यथार्थमा यो चुनाव हामी सरकारसँग लड्दैछौं । नेपाल बारको स्थापनादेखि बार सधैँ प्रतिपक्षको भूमिका थियो । तर यसपालि प्रतिस्पर्धी समूहको उम्मेदवारी बालुवाटारमा भयो र प्रधानमन्त्री निवासमा टिका लाएर मैदानमा आउनुभयो । यो चुनाव सरकारविरुद्धको चुनाव हो । हामी सिङ्गै सरकारसँग चुनाव लडिरहेका छौँ ।

भट्टराईले पीपीएलका अध्यक्ष उम्मेदवार बारको ७४ दिनको आन्दोलनमा अधिकांश समय सहभागी भए पनि विपक्षी गठबन्धनका अध्यक्षका उम्मेदवारलाई एक दिन पनि आन्दोलनमा नदेखिएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर