लोसपा नेता तथा रौतहट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जैसवाल एमालेमा प्रवेश – Nepal Press

लोसपा नेता तथा रौतहट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जैसवाल एमालेमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ रौतहटका पूर्व अध्यक्ष कन्थमनी प्रसाद जैसवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनले एमाले प्रवेश गरेका हुन् । बालकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले ओलीको नेतृत्वमा मधेशको विकास सम्भव देखेर आफू एमालेमा प्रवेश गरेको बताए ।

उनी गत २०७४ सालको प्रतिनिधिसभा चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट तत्कालीन जसपाको उम्मेदवार बनी ७ हजार मत ल्याएर तेस्रो थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर