गठबन्धन राष्ट्र निर्माण र विकासका लागि होइन, एमालेलाई हराउन बनेको हो : उपमहासचिव ज्ञवाली (भिडिओ) – Nepal Press

गठबन्धन राष्ट्र निर्माण र विकासका लागि होइन, एमालेलाई हराउन बनेको हो : उपमहासचिव ज्ञवाली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्र निर्माण र विकासका लागी नभई एमालेलाई हराउनकै लागी गठबन्धन गरिएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले गुल्मी रुपन्देहीले शुक्रवार बुटवलमा आयोजना गरेको युवा विद्यार्थी सम्पर्क मञ्च बृहत् अगुवा कार्यकर्ता भेलामा बोल्दै ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनलाई सामान्य ढङ्गले लिन नहुने बताए ।

उनले नेकपा एमालेले राष्ट्रको हित, विकास, नेपाली जनताको सम्वृद्धिका लागी अगुवाइ गरेको बताउँदै अहिलेको निर्वाचन देश बनाउने र देशलाई खाडल तिर हाल्ने शक्ति बीचको लडाई भएको तर्क गरे ।

परमादेशले बनाएको गठबन्धन सरकारले निर्वाचन गर्न नै नचाहेको जिकिर गर्दै बाध्य भएर निर्वाचनको मिति तोकेको जिकिर उनले जिकिर गरे ।

उपमहासचिव ज्ञवालीले देशको सम्वृद्धि, विकास, नेपाली जनताको हकहित, नेपाली युवाहरूलाई रोजगारी गराउने काम एमालेले मात्रै गर्ने भन्दै सभ्य र समतामूलक समाज निर्माण एमालेले मत मागिरहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्ट देशमा परिवर्तन ल्याउन युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै युवाहरूलाई देश विकास र समाज रूपान्तरणका लागी प्रयोग गर्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “गठबन्धन राष्ट्र निर्माण र विकासका लागि होइन, एमालेलाई हराउन बनेको हो : उपमहासचिव ज्ञवाली (भिडिओ)

  1. अनि एमाले हराउन पनि स्वविवेकफे हाेईन विदेशीकाे आदेश पालन गर्न लागेका छन् । यी विदेशीका आदेशपालकबाट छिटाेभन्दा छिटाे देशलाई मुक्त गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर