भोलिदेखि जनकपुरधाम जयनगर रेल सञ्चालनमा आउने, तयारी पूरा – Nepal Press

भोलिदेखि जनकपुरधाम जयनगर रेल सञ्चालनमा आउने, तयारी पूरा

जनकपुरधाम । भारतबाट खरिद गरी ल्याएको दुई सेट रेल झण्डै डेढ वर्षपछि सञ्चालनमा आउने भएको छ । जनकपुर (कुर्था )देखि भारतको जयनगर (भारत) सम्म भोलिदेखि रेल सञ्चालनमा आउन लागेको हो ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेलको उद्घाटन गर्नेछन् ।

रेल उद्घाटनका लागि जनकपुर स्टेसनमा सजाउने काम भइरहेको छ । यहाँ सरसफाइ गरी टेन्ट खडा गरिएको छ । भारतीय अधिकारीहरू समेत आएका छन् । यो स्टेसनमा सुरक्षा कडा पारिएको छ । सर्वसाधारणलाई भित्र प्रवेशमा रोक लगाइएको छ ।

रेल्वे विभागका महाप्रबन्धक झाले रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । जनकपुरधाम रेल्वे स्टेसनमा रेलको उद्घाटन हुनेछ ।

उनका अनुसार नेपाल र भारतका प्रधानमन्त्री हैदरावाद हाउसबाट रेल उद्घाटन गर्ने र सो कार्यक्रम हेर्नका लागि यहाँ ठूलो स्क्रिन जडान गरिएको उनले बताए ।

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रुटमा तत्काल दैनिक दुई पटक रेल सञ्चालन हुनेछ । रेल चढ्ने यात्रुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने महाप्रबन्धक झाको भनाई छ ।

भारतीय सरकारी कोकन कम्पनीबाट झण्डै ८५ करोडमा दुई सेट रेल खरिद गरी ०७७ असोज २ मा जनकपुरधाम ल्याइएको थियो । तर कोरोना सङ्क्रमण, कर्मचारी, कानुन र बजेट अभावका कारण पटक पटक रेल सञ्चालन गर्ने मिति सर्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *