पार्टी प्रवेश गराउन खोटाङ जाँदै एमाले अध्यक्ष ओली – Nepal Press

पार्टी प्रवेश गराउन खोटाङ जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टी प्रवेश गराउनका लागि खोटाङको दिक्तेल जाँदैछन् । उनी बिहान साढे १० बजे पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन खोटाङ जान लागेका हुन् ।

उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् ।

निर्वाचनको संघारमा ओली देश दौडाहामा छन् । उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर