जन्मजात शारीरिक अपाङ्गता भएकी जुनुलाई पक्की घर हस्तान्तरण – Nepal Press

जन्मजात शारीरिक अपाङ्गता भएकी जुनुलाई पक्की घर हस्तान्तरण

काठमाडौं । शारीरिक अपाङ्गता भएकी पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ । ओयाम समाज युकेकाे सहयाेग तथा फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु (बेघा) राई सहयोग अभियानकाे पहलमा एक तले पक्की घर निर्माण गरिएको हो ।

जन्मजात शारीरिक अपाङ्गता भएकी उनको दुवै खुट्टा छैनन् । विवाहिता २७ वर्षीय जुनुको ५ र ३ वर्षका दुई छोरी छन् ।  ओयाम बजारमै निर्माण गरिएको घर जुनुलाई शुक्रवार हस्तान्तरण गरिएको किरात याक्थुङ चुम्लुङका पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङले जानकारी दिए । घरलाई भने जस्तापाताले छाएको छ ।

घरका लागि ओयाम समाज युकेले ६ लाख रूपैयाँमा चार आना जग्गा खरिद गरेको थियो । उक्त जग्गामा घर निर्माण गर्न फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु (बेघा) राई सहयोग अभियानले बाँकी ६ लाख रूपैयाँ संकलन गरेको हो ।

घरका लागि सहयोग संकलनको संयोजन गर्ने ग्रिन एन्ड क्लिन आवर पाँचथरकी सदस्य पुनम नेम्बाङले जुनुको कष्टकर जीवनलाई सहज बनाउन घर निर्माण गरिएको बताइन् ।  घर पाएपछि जुनु पनि खुसी भएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *